काठमाडौँ । जेन-जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेन-जी मुभमेन्टले कुलमानलाई बर्खास्त गर्न माग गरेको हो ।
जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तीमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुनेगरि गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।
यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्य भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री भएको जेन-जी मुभमेन्टले आरोप लगाएको छ ।
त्यस्तै, जेन-जी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तत्काल सुरु गर्न समेत माग गरेको छ । यस्तो छ जेन–जी मुभमेन्टले जारी गरेको विज्ञप्तिः














