×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाबाट थप ३५ नेपाली निकालिए, तल्लो बाटो हुँदै अमेरिका पुग्नेले ‘दलाल’लाई ८० लाख तिरेको खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकाबाट थप ३५ नेपाली निकालिए, तल्लो बाटो हुँदै अमेरिका पुग्नेले ‘दलाल’लाई ८० लाख तिरेको खुलासा !

Artha Sarokar

४ मंसिर २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाले थप ३५ नेपालीलाई देश निकाला गरेको छ । अवैध रुपमा अमेरिकामा बस्दै आएका, नियम उल्लंघन गरेका र भिसा विपरीत काम गरिरहेका ३५ नेपालीलाई देश निकाला गरेको हो । 

अमेरिकाबाट देश निकाला भएका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकाबाट देश निकाला हुनेहरुमा अधिकांश तल्लो बाटो हुँदै अमेरिका पुगेकाहरु रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार एक जना विद्यार्थी भिसामा अमेरिका गएका व्यक्ति समेत रहेका छन् । ती व्यक्तिलाई कलेजमा रिन्यु नगरी भिसा विपरीत काम गरेको पाइएपछि देश निकाला गरिएको बताइएको छ । अर्का एक जनालाई भने भिजिट भिसामा गएर काम गरेको पाइएपछि पक्राउ गरेर डिपोर्ट गरिएको छ ।

बाँकी ३३ जना तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका पुगेका थिए । यसरी तल्लो बाटो हुँदै अमेरिका पुग्नेहरुले प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी