काठमाडौँ । जाडोयाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । जाडोमा वर्षाको मात्रा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै गएको हो ।
अर्कोतर्फ यो समयमा खेतीपातीका लागि खेतमा आगो बाल्नेजस्ता गतिविधिले पनि वायु प्रदूषण बढेको मौषमविदहरुले बताएका छन् ।
त्यस्तै, काठमाडौँ उपत्यकामा सवारी साधनको धुँवा, सडकमा उड्ने धुलो, उद्योगहरुबाट निस्किने हानिकारक ग्यासले पनि काठमाडौँको वायु प्रदुषित बनाउने गरेको छ । यही कारण पनि काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पर्ने गरेको छ ।
वायु प्रदूषण बढेसँगै काठमाडौँ उपत्यका वरिपरिका डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुँवाको तह प्रष्ट देख्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः














