काठमाडौँ । जेन-जी आन्दोलनमा भएको क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार २ सय ५५ वटा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको बीमा दाबी परेको हो ।
निर्जीवन बीमा कम्पनीमा परेको दाबी रकममध्ये हालसम्म करिब ४ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा सम्पत्ति बीमातर्फ १९ अर्ब ३ करोड ४१ लाखमध्ये ३ अर्ब ९ करोड ४७ लाख, मोटर बीमातर्फ ३ अर्ब ४४ करोड १० लाखमध्ये ८४ करोड ८५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ ।
त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ४ लाखमध्ये ६ करोड ६९ लाख, परिवहन बीमातर्फ एक करोड ६९ लाख रुपैयाँमध्ये ४८ लाख र अन्य बीमातर्फ ३९ करोड १८ लाख मध्ये ३९ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्