Skip to content
LAXMI SUNRISE BANK

सहकारी व्यवस्थापन समितिका पदाधिकारी बर्खास्त गर्दै सरकार

अर्थ सरोकार

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी बर्खास्त गर्ने तयारी गरेको छ । सहकारी समस्या समाधान गर्न सरकारलाई असहयोग गरेको भन्दै सरकारले समितिका पदाधिकारी नै बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको हो । 

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । 

यसो त समितिका पदाधिकारीमाथि हिसाब मिलानका नाममा बिचौलिया प्रवेश गराएर अनावश्यक शुल्क लिएको, सहकारी ठगलाई जेलबाट छुटाउन सहयोग गरेको तथा सहकारी समस्या समाधानको साटो उल्टै बल्झाउन खोजेको आरोप छ । 

समितिका पदाधिकारीको काम चित्त बुझ्दो नभएको भन्दै सहकारी पीडितले मन्त्रालयमा उजुरी दिएका थिए भने समितिको कार्यालयमा प्रदर्शनसमेत गर्दै आएका छन् । पदाधिकारीहरुको यस्तो गतिविधिले सहकारी समस्या समाधान हुनु भन्दा झनै बल्झिने भन्दै सरकारले पदाधिकारीलाई बर्खास्ती गर्ने तयारी गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK