×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले ११.४१% लाभांश बाड्न सक्ने, नाफासहित अन्य महत्वपूर्ण सूचकहरुको अवस्था कस्तो छ ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकले ११.४१% लाभांश बाड्न सक्ने, नाफासहित अन्य महत्वपूर्ण सूचकहरुको अवस्था कस्तो छ ? (विवरणसहित)

Artha Sarokar

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो । चौथो त्रैमासको नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई  १ अर्ब १२ करोड रुपैयाँ अर्थात ११.४१ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राखेको छ । 
बैंकले यस अवधिसम्म आउँदा निक्षेप २० अर्ब रुपैयाँले बढाएको छ । गत वर्षको असार मसान्तसम्ममा भने बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको प्रति सेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ । यस्तै बैंकको बेसरेट ९.२३ प्रतिशत छ भने स्प्रेडदर ३.९४ प्रतिशत रहेको छ । वित्तीय विवरण अनुसार बैंकले कर्जा लगानी पनि १५ अर्ब रुपैयाँले बढाएको छ । बैंकको पूँजीकोष अनुपात १२.४६ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी