अर्थ सरोकार डटकम तथ्यमा टेकेर सत्यको उजागर गर्ने अभियान हो । र त, हामी तथ्यसँगै सन्तुलन र जवाफदेहितामा विश्वास गर्छौँ । सूचनाको तथ्य जाँच गर्नु समाचार निर्माणको पहिलो कदम भएकाले हामी हामीलाई प्राप्त सूचना जाँच गर्छौँ । हामीले हाम्रो न्युज रुममा सूचना कसरी जाँच गर्छौँ, त्रुटि कसरी सुधार्छौँ र विश्वसनीयता कसरी कायम राख्छौँ भन्ने प्रस्ट नीति अवलम्बन गरेका छौँ ।
१ . कस्ता सूचनाको तथ्य जाँच हुन्छ ?
- त्यस्ता सूचना, जसले सार्वजनिक रुपमा ठुलो प्रभाव पार्न सक्छ ।
- त्यस्ता सूचना, जसले जनमत निर्माणमा सिधा प्रभाव पार्न सक्छ ।
- त्यस्ता सूचना, जसले सार्वजनिक सुरक्षामा प्रतिकुल असर गर्न सक्छ ।
- त्यस्ता सूचना, जो अभिव्यक्तिका रुपमा प्रभावशाली व्यक्ति वा संस्थाले दाबीका रुपमा प्रस्तुत गर्छन् ।
- त्यस्ता सूचना, जो पाठकले तथ्य जाँचका लागि अनुरोध गर्नुहुन्छ ।
हामी, व्यंग्य, व्यक्तिगत विचार, अनुमान वा प्रमाणसहित पुष्टि गर्न नसकिने सामग्रीको तथ्य जाँच गर्दैनौँ ।
२ . अर्थ सरोकारमा तथ्य जाँचको विधि के हो ?
- हामी सुरुमा दाबी पहिचान गर्छौँ । हिले दाबी के हो, कसले, कहिले र कस्तो प्रसङ्गमा गरेको हो- यसलाई स्पष्ट गर्छौँ ।
- त्यसपछि हामी प्रमाण संकलन गर्छौँ र आधिकारिकता खोज्छौँ ।
- हामी विज्ञसँग परामर्श लिन्छौँ, अन्य विश्वसनीय स्रोतसँग सूचनाको भेरिफाई गर्छौँ ।
३ . त्रुटी सुधारको नीति के छ ?
- हामी त्रुटि वा असावधानी देखिएमा तुरुन्त र पारदर्शी रूपमा सुधार गर्छौँ । सुधार गर्दा क्षमा याचना गर्नुपर्ने भए गरिहाल्छौँ ।
४ . तथ्यजाँचमा एआई प्रयोग नीति
- हामी आवश्यक परेको खण्डमा फोटो / भिडियोको तथ्य जाँचका लागि एआई प्रयोग गर्न सक्छौँ ।
हाम्रो तथ्य जाँच सत्यता, निष्पक्षता, पारदर्शिता, जवाफदेहिता, र गोपनीयताको सम्मानलाई ख्याल गरेर मात्र हुन्छ । सिक्दै गर्नु चेतनाको विकास हो । त्यसैले पनि हामी नयाँ प्रकारका गलत सूचनासँग लड्न र पत्रकारिताको स्तर अझै सुधार्न नियमित रूपमा हाम्रो तथ्य जाँच प्रक्रियालाई अद्यावधिक र मजबुत बनाइरहन्छौँ ।
