Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार २.६४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६५५.२२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३६ कम्पनीको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा क्रेस्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK