×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा रेकर्डमाथि रेकर्ड, आज पनि कायम भयो यस्तो रेकर्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा रेकर्डमाथि रेकर्ड, आज पनि कायम भयो यस्तो रेकर्ड !

Artha Sarokar

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा नेप्से ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको २ करोड ७० लाख ३ हजार २१४ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । जुन कारोबार रकम र परिसूचक हालसम्मकै सबैभन्दा उच्च हो ।  
आज सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको १ अर्ब २६ करोड १९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेको इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको भएको छ । आज ५ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । कर्णाली डेभलपमेन्टसहितका १६ कम्पनीको मूल्य सबै भन्दा धेरै बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी