काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एकताका लागि सम्झौता गरेसँगै उनले मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेन निकट स्रोतको दाबी छ ।
‘रास्वपासँग एकता गर्ने सम्झौतासँगै मेयरसाप पदबाट राजीनामा दिने तयारीमा हुनुहुन्छ ।’, बालेन निकट स्रोतले भन्यो, ‘कहिले राजीनामा दिने ? भन्ने टुंगो लागेको छैन । सम्भवतः छिट्टै हुन्छ ।’
रास्वपासँग एकता गर्ने सम्झौतापछि मेयर शाह अब आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने पक्का देखिएको छ ।
रास्वपालेसमेत मेयर शाहलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्नेछ । रास्वपा सभापति रवि लामिछाने भने पार्टीको सभापति नै रहनेछन् । पार्टीको नेतृत्व उनैले गर्नेछन् ।
भावी प्रधानमन्त्रीका रुपमा बालेनको चर्चा चलिरहेका बेला बालेनले मेयर पदबाट राजीनामा दिएर फागुन २१ गतेको निर्वाचनको तयारीमा लाग्ने तयारी गरेका छन् । उनी रास्वपाबाट ‘घण्टी’ चुनाव चिन्ह लिएरै निर्वाचन लड्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्