काठमाडौँ । रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) बीच एकताका लागि सम्झौता भएलगत्तै रास्वापा र कुलमानबीच पनि एकताका लागि छलफल अघि बढेको छ ।
रास्वपाका एक नेताका अनुसार कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकताका लागि छलफल भइरहेको छ ।
यसो त उज्यालो नेपाल पार्टी र रास्वपाबीच यसअघिदेखि नै एकताको प्रयास भइरहेको थियो । तर, समानुपातिक र प्रत्यक्ष उम्मेदवार कसलाई ? कति ? दिने भन्ने विषयमा क्लियर रोडम्याप तयार नहुँदा सहमति हुन सकेको थिएन ।
तर, हाल उज्यालो नेपाल पार्टीसँग पनि एकताको संवाद निष्कर्ष नजिक पुगेको रास्वपाका एक नेताले बताएका छन् । ‘हामी सहमतिको नजिक छौँ । छिट्टै अर्को शुभ समाचार सुन्न पाइन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती नेताले भने, ‘कुलमानजीलाई वरिष्ठ उपाध्यक्ष बनाउने, बरियतामा तेस्रो वा दोस्रो स्थान दिने लगायतका विषयमा छलफल हुँदैछ ।’
यता कुलमान निकट स्रोतले पनि रास्वपासँग एकताका लागि छलफल चलिरहेको पुष्टि गरेका छन् । उनले एकता हुने भन्ने विषयमा केही बुँदामा सहमति नभएको र सहमतिका लागि छलफल गरिरहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्