
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारेर गत साउन ९ गते डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कारकेन्द्रसँग ‘न्यानोनानी’ बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणागरे बमोजिम सोमबार दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारीअधिकृत श्रीचन्द्र भट्टरराष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा.महावीरपुनले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानोनानी’ बेबीवार्मर बनाउनको लागि आवश्यक ८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने छ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबीवार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।
नेपाली समाजमा स्थानीयतहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धीकार्यहरु गर्दैआएको छ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंक ले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७अर्ब निक्षेप संकलन गरी २०हजार भन्दा बढि ऋणीलाई करिब रु.३१ अर्व लगानी गर्न सफल भएकोछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्