Skip to content
LAXMI SUNRISE BANK

अमरेश कुमार सिंह रास्वपा प्रवेश, लिए रास्वपालाई बहुमत दिलाउने ‘प्रण’

अर्थ सरोकार

काठमाडौँ । अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरमा चुनावी सभाका बीच उनी रास्वपा प्रवेश गरेका हुन् ।

सिंहलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् । 

रास्वपा प्रवेश गरेका सिंहले रास्वपालाई बहुमत दिलाउने ‘प्रण’ लिएका छन् । उनले देशले परिवर्तन खोजेको र रास्वपाबाटै देश परिवर्तन हुने भन्दै रास्वपालाई बहुमत दिलाउन आफू सक्दो गर्ने बताएका छन् । 

सिंह यसअघिको प्रतिनिधि सभा सदस्यका निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK