Skip to content
LAXMI SUNRISE BANK

‘देशले बालेन पायो, अब मलाई जेलै हाले पनि चिन्ता छैन’- रवि 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूलाई जेलै हाले पनि कुनै चिन्ता नभएको बताएका छन् । जनकपुरमा चुनावी घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले अब देशले बालेन पाएको भन्दै अब आफूलाई अनेक मुद्दामाथि मुद्दा लगाएर जेलै हाले पनि चिन्ता नभएको बताएका छन् । 

‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन ।’, उनले भने, ‘किनकी देशले बालेन पाएको छ ।’

त्यस्तै, रविले अघिल्लो निर्वाचनमा आफूलाई चितवनका जनताले सबैभन्दा धेरै भोट दिएको स्मरण गर्दै अब पार्टीले सबैभन्दा धेरै भोट ल्याउने पनि दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK