
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थसहित ४ मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेसँगै पौडेललाई उक्त मन्त्रालयहरुको जिम्मेवारी दिएका हुन् ।
यता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यता मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
ओलीले रक्षा र परराष्ट्र मन्त्रालय भने आफैंसँग राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेकोमन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि बाँकी रहेका पाँच जनालाई ओलीले थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्