Skip to content
LAXMI SUNRISE BANK

भ्यालेन्टाइनमा टाटाको ‘एक्सचेन्ज विथ लभ’ योजना, पुराना गाडीसँग नयाँ गाडी साट्न सकिने

अर्थ सरोकार

काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह-२०२६ को अवसरमा, फाल्गुन १ गते देखि फागुन ३ गतेसम्म भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

‘एक्सचेन्ज विथ लभ’योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडान सहित हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK