काठमाडौँ । ‘ट्रिटन इन्टर-स्कुल म्यानेजमेन्ट क्विज’ सम्पन्न भएको छ । शुक्रबार बालकुमारीस्थित ट्रिटन सेकेन्डरी स्कुल एण्ड कलेजमा ‘क्विज कम्पिटिसन’ सम्पन्न भएको हो ।
ट्रिटन इन्टर्याक्ट क्लबको आयोजनामा सञ्चालन गरिएको ‘क्विज कम्पिटिसन’ मा ब्रिज वाटर इन्टरनेशनल कलेज, किस्ट कलेज, माइलस्टोन कलेज, ईडमार्क कलेज, रिलायन्स इन्टरनेशनल एकेडेमी, कस्मिक इन्टरनेशनल कलेज, जय मल्टिपल कलेज, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, प्रिमियर कलेज, हिमालयन ह्वाइट हाउस र हृत एकेडेमी सहभागी भएका थिए ।
प्रतियोगितामा ग्लोबल कलेज अफ म्यानेजमेन्टले प्रथम स्थान हासिल गरेको छ भने किस्ट कलेजले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै, प्रतियोगितामा सहभागी जय मल्टिपल कलेज तृतीय भएको छ ।
प्रतियोगिता चार चरण (पहिलो चरणमा छनोट, दोस्रो चरणमा ‘र्यापिड फायर राउन्ड’, तेस्रो चरणमा ‘रिस्क एन्ड रिटर्न-ट्रेडिङ राउन्ड’ र चौथो अर्थात अन्तिम चरणमा बजर राउण्ड) सम्पन्न गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने चौथो हुने टिमलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यस्तै, सेमिफाइलबाटै बाहिरिएका टिमका लागि ‘ट्रेजर हन्ट’ कार्यक्रम सञ्चालन गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्