Skip to content
LAXMI SUNRISE BANK

धापासीबाट भोट हाल्दै प्रधानमन्त्री कार्की, बालेन, रवि र गगनले कहाँबाट हाल्दैछन् भोट ?

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते (आज) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैछ । मतदानका लागि देशभर सम्पूर्ण तयारी पूरा भइसकेको छ । बिहानैदेखि मतदान गर्न मतदाताहरु मतदान स्थल जान थालेका छन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा चुनावी ‘म्यान्डेट’ पाएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले धापासीबाट मतदान गर्दैछिन् ।

उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्न लागेकी हुन् । यता पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन् ।

ओलीका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले काठमाडौँ–२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्नेछन् ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले काठमाडौँ–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौरस्थित मतदानस्थलबाट मतदान गर्नेछन् भने नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले मैतीदेविस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यता नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदानस्थलबाट मतदान गर्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK