×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट

LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड-१९ को महामारीबाट बैंकका ऋणीलाई परेको असरको मूल्यांकन गर्दै २०% छुटको आकर्षक योजना ल्याएको छ । बैंकले आफ्ना ऋणीहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको  हो  ।
बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा सेवाग्राही (ऋणी) हरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी