काठमाडौँ । राजनीतिक दलहरुसँग आबद्ध कर्मचारी ट्रेड युनियन खारेज हुने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको मस्यौदामा ट्रेड युनियन खारेज गर्ने प्रस्ताव अघि सारिएको हो ।
मस्यौदामा ट्रेड युनियनको साटो कर्मचारीहरुको गुनासो सुन्न प्रभावकारी विकल्प दिइने प्रस्ताव गरिएको छ ।
त्यस्तै, उक्त प्रस्तावमा निजामती कर्मचारीले राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, जनवर्गीय संगठन र राजनीतिक दलसँग आबद्ध संगठनहरुको सदस्यता लिन नपाउने पनि व्यवस्था गरिएको छ ।
त्यसका बाबजुत पनि कुनै निजामती कर्मचारी राजनीतिक गतिविधिमा संलग्न रहेको प्रमाणित भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुनेगरी जागिरबाटै बर्खास्त गरिनेसमेत मस्यौदामा प्रस्ताव गरिएको छ । साथै मस्यौदामा निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष उमेरसम्म रहने पनि उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्