
- अर्थ सरोकार सम्बाददाता
रौतहत । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सधैंका लागि बन्द भएको छ । आइतबार उद्योगको तर्फबाट सूचना जारी गरी उद्योग व्यवस्थापनको साउन ९ को निर्णय अनुसार साउन ११ बाट स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको हो । कम्पनी निरन्तर घाटामा गएपछि स्थायीरुपमा बन्द गरिएको हो ।
यता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यो कम्पनीले बन्द भएको जानकारीसमेत गराएको छ । जसको सेयर कारोबार आज (सोमबार) पनि भइरहेको छ । सोमबार कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले बढेर ३३८ रुपैयाँ पुगेको छ ।
२ दशक अघि स्थापना भएको यो कम्पनी केही वर्षसम्म मुनाफामा चलेको थियो । तर पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । मिलले २०७१ सालदेखि किसानको झन्डै ३७ करोड तिर्न बाँकी छ । यस्तै आर्थिक वर्ष २०७५–७६ सम्म आइपुग्दा कम्पनीको कुल घाटा २ अर्ब १७ करोडभन्दा बढी छ । कम्पनीले विगत ४ चार महिनायता कर्मचारीको तलब र सञ्चय कोषसमेत उपलब्ध गराउन सकेको छैन ।
सो उद्योग बन्द भएपछि त्यहाँ कार्यरत ३२५ जना कर्मचारी पनि रोजगार विहिन बनेका छन् । उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिल्सको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्