
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स लगायतका कम्पनीमा खुलेआम इन्साइडर ट्रेडिङ हुँदा पनि छानविनका नाममा अहिलेसम्म केहि नगर्ने, तत्काल कारोबार रद्ध गर्न आँट नगर्ने, नेगेटिभ इपीएस भएका कम्पनीहरुको खुलेआम कर्नरिङ गरी भाउ बढेको चर्चा चल्दा चुइक्क नबोल्ने धितोपत्र बोर्ड सेयर बजारका बादशाह निर्मल प्रधानले केहि पनि प्रतिफल दिन नसक्ने स्टकहरुमा लगानी गर्दा रिस्क हुन्छ बरु केहि राम्रा कम्पनीहरुमा लगानी गर्नु भनेर दिएको अन्तर्वार्तापछी धितोपत्र बोर्ड ‘आगो’ भएको छ । अर्थ सरोकार डटकमले बुधबार सार्वजनिक गरेको अर्थ सरोकार कार्यक्रममा निर्मल प्रधानले केहि स्टकहरुको नामनै लिएर भविष्य भएका कम्पनीहरुमा लगानी गर्न आग्रह गरेका थिए ।
सो अन्तर्वार्तामा निर्मल प्रधानले नाम नै लिएर चन्द्रागिरी हिल्स, अपर तामाकोशी लगायतका कम्पनीहरुमा लगानी गर्न निकै जोखिम रहेको बताएका थिए । सो अन्तर्वार्ताका क्रममा उनले अहिले हाइड्रो कम्पनीमा पनि लगानी गर्न सार्है जोखिम भएको बताएका थिए । प्रधानको सो अन्तर्वार्तापछी धितोपत्र बोर्डले बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन भन्दै सार्वजनिक विज्ञप्ति निकालेको छ । बोर्डले विभिन्न व्यक्ति र समुहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको शेयरमुल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उदेश्यले अन्तरवार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न भन्दै विज्ञप्ति निकालेको हो ।
आखिर त्यस्तो के छ सो अन्तर्वार्तामा ? हेर्नुहोस् पूरा कार्यक्रम :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्