काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरेका थिए । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । रक्त संकलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्