Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुरको मुद्दामा फरार रहेका ललितपुरका राजेन्द्र महर्जन पक्राउ, खातामा पैसा नहुँदानहुँदै पनि काटेका थिए चेक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । रकम विनाको चेक काट्ने ललितपुरका एक जनालाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । ललितपुरका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा रकम छैन भन्ने थाहा हुँदाहुँदै पनि चेक काटेपछि उनलाई उच्च अदालत पाटनले  बैंकिङ कसुर अन्तर्गत सजाय दिएको हो ।
उनलाई अदालतले गत वर्ष माघ २० गते १० दिन कैद र पन्ध्र लाख पच्चहत्तर हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर उनी हालसम्म फरार रहेका थिए । महर्जन आज केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको कलंकीबाट पक्राउ गरी आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK