Skip to content
LAXMI SUNRISE BANK

सोमबार २६.७२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK