×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिफ्ट सिस्टम हटाउन निर्देशन दिँदै राष्ट्र बैंकले भन्यो– ‘बैंकका सबै शाखा खोल्नू’

PRIME CA

सिफ्ट सिस्टम हटाउन निर्देशन दिँदै राष्ट्र बैंकले भन्यो– ‘बैंकका सबै शाखा खोल्नू’

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । बिहिबार केन्द्रिय बैंकले दिएको निर्देशन अनुसार सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन तथा आवश्यक दूरी कायम गरी बैंक तथा वित्तीय संस्था सञ्चालक गर्नुपर्ने छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ ।
कोभिड-१९ संक्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो । लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा सीमित समयका लागि मात्रै शाखा कार्यालय सञ्चालन गरेका थिए । बैंकिङ कारोबार समयसम्म नियमित रुपमा शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन केन्द्रीय बैंकले परिपत्रमा भनेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउन समेत निर्देशन दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: