काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले संसदमा नाराबाजी गरेका छन् । नाराबाजी गर्दै पार्टीका अध्यक्ष हर्क साम्पाङसहित अन्य सांसदहरुले संसदको वेल घेराउ गरेका छन् ।
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेका सांसदहरुले आफ्नो धारणा राखेपछि आफूले बोल्न नपाएको भन्दै साम्पाङसहितका सांसदहरुले वेल घेराउ गरेका छन् ।
तर, सभामुख अर्यालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय नदिएको बताएका छन् । सोही विषयमा असन्तुष्टि गराउँदै श्रम संस्कृति पार्टीका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।
यसो त विरोधका क्रममा साम्पाङले सभामुखलाई ‘हामीलाई हेप्ने ? हेप्ने ?’ भन्दै औँला उठाएर समेत जंगिदै प्रश्न गरेका थिए । यतिमात्र होइन, उनले संसदमा ‘मुर्दाबाद, मुर्दाबाद’ जस्ता नारा लगाउँदै ‘हामीलाई कारवाही गर्न सक्छस ?’ चर्को स्वरमा प्रश्नसमेत गरेका छन् ।
सभामुखले पटकपटक उनलाई संसदमा असभ्य, अमर्यादित र नियम विपरीत भएको भन्दै सचेत गराउँदा पनि उनी भने नटेरेरै संसदमा नाराबाजी गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्