Skip to content
LAXMI SUNRISE BANK

अमेरिका र इरानबीचको वार्ता अन्तिम चरणमा, २४ घण्टाभित्र वार्ता सफल हुने दाबी !

अर्थ सरोकार

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र ऐतिहासिक शान्ति सम्झौता हुने सम्भावना रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री सरिफले लेखेका छन्, ‘हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक पुगेका छौँ । आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा गरिएको छ ।

यसलगत्तै पाकिस्तानले यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर (विद्युतीय हस्ताक्षर) गर्ने तयारी गरिरहेको छ, जसको निरन्तरता स्वरूप अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’

त्यस्तै, उनले यो  ऐतिहासिक शान्ति सम्झौताले स्थायी शान्तिका लागि बलियो जग खडा गर्नेछ भन्ने कुरामा आफूहरु पूर्ण विश्वस्त रहेको बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK