Skip to content
LAXMI SUNRISE BANK

बर्डफ्लुका कारण बन्द चिडियाखाना फेरि सञ्चालनमा (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । ५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो ।

काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्डफ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।

पशुपंक्षीलाई खानेकुरा नदिन, दूरी कायम गर्न, धेरै लामो समयसम्म पशुपंक्षीको नजिक नबस्न, मास्क प्रयोग गर्न चिडियाखाना प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK