Skip to content
LAXMI SUNRISE BANK

सरकारी गाडी चोरेर ४ लाखमा बेच्ने युवा पुर्पक्षका लागि थुनामा, किन्ने धरौटीमा छुटे !

अर्थ सरोकार

काठमाडौँ । सरकारी गाडी चोरेर बेच्ने व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, तत्कालीन डीन डा. होमनाथ जोशीको सरकारी निवासबाट सरकारी गाडी चोरेर बेच्ने २३ वर्षी निराजन कुँवर पुर्पक्षका लागि थुनामा गएका हुन् । 

गत भदौ २५ गते जेन-जी आन्दोलनको मौका छोपेर कुँवरकै योजनामा बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरिएको थियो । 

आन्दोलन पश्चात सो गाडी फिर्ता गर्नुको साटो कुँवरले घोडाघोडी नगरपालिका-२ का ३१ वर्षीय अर्जुन कार्कीसँगको छलफलपछि भारत पुर्याएर स्वरुप परिवर्तन गरी ४ लाख रुपैयाँमा बेचेका थिए । सो गाडी कार्कीलाई नै बेचिएको अनुसन्धानबाट खुलेको छ । 

जिल्ला अदालतको थुनछेक बहसपछि कुँवरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ । सो गाडी खरिद गर्ने कार्की भने साढे तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । 

प्रहरीले उक्त सरकारी गाडी चोरी गरेर स्वरुप परिवर्तन गरी बेचेको प्रकरणमा संलग्न अन्यको समेत खोजी गरिरहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK