काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोको दोश्रो संस्करणको पहिलो दिन ५ हजारले शोको अवलोकन गरेका छन् । ५ हजारमध्ये ९० प्रतिशत अवलोकनकर्ता विभिन्न माध्यममार्फत नाइमाले नै बोलाएका पाहुना थिए ।
नाइमा मोबिलिटी एक्स्पो हेर्न जानेमध्ये ९० प्रतिशत अवलोकनकर्ता नाइमाका आयोजक संस्थाका प्रतिनिधि, नाइमाले सम्बन्धित मिडिया हाउसलाई विज्ञापन दिएपछि ती हाउसबाट आएका पत्रकार र प्रतिनिधि, स्वतन्त्र रुपमा गएका थप केही पत्रकार, विभिन्न ब्राण्डको काम गर्ने विज्ञापन एजेन्सी र तिनले बोलाएका प्रतिनिधि, नाइमाले बोलाएका पाहुना लगायत थिए ।
तर, अघिल्लो पटक सुपर फ्लप भएको नाइमा एक्स्पो यसपटक झन् फ्लप हुने देखिएपछि नाइमाको सचिवालय मिडियामा झुट बाँड्न व्यस्त देखिएको छ ।
अघिल्लोपटक पुगनपुग ३० हजार हाराहारी (नाइमाकै पाहुना १०-१५ हजार गरेर) भए पनि १ लाखले एक्स्पो हेरेको भन्दै नाइमाले सफेद झुट बोलेको थियो । यसपटक पनि दिनमै २० हजारले एक्स्पो हेरे भन्दै नाइमाले मिडियामार्फत झुट बोलिरहेको पाइएको छ ।
अघिल्लोपटक नाइमाले गाडी बुकिङको अचम्मको तथ्यांक प्रस्तुत गरेको थियो । पछि अधिकांशले सो बुकिङ्ग रद्द गरेर नाडा अटो शो र केहीले दशैंमा गाडी किनेको पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्