काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपिओ) को मूल्य निर्धारणको आधार तयार गरेको छ । बोर्डले ‘धितोपत्र पूँजी सुधार नीति, २०८३’ मार्फत आइपिओको मूल्य निर्धारणको आधार तयार गरेको हो ।
बोर्डले तयार गरेको आधार अनुसार आइपिओ निष्कासन गर्ने कम्पनीहरुले आफूखुसी आइपिओको मूल्य प्रस्ताव गर्न पाउने छैनन् ।
नयाँ व्यवस्था अनुसार कम्पनीको वास्तविक अवस्थाको विश्लेषण, वैज्ञानिक मूल्यांकन विधिको प्रयोग, मूल्य निर्धारण प्रणालीमा विविधिकरण, क्षेत्रगत विशिष्ट मापदण्ड र साना लगानीकर्ताको संरक्षणलाई आधार मानेर आइपिओको मूल्य निर्धारण हुनेछ ।
‘धितोपत्र पूँजी सुधार नीति, २०८३’ अनुसार यो व्यवस्था बुक बिल्डिङ प्रणालीका लागि मान्य हुनेछैन ।
नेपाल धितोपत्र बोर्डले गठन गरेको प्राथमिक बजार सुधार सहजीकरण कार्यदलले दिएको सुझावका आधारमा बोर्डले यस्तो व्यवस्था गरेको हो । योसँगै अब आइपिओ निष्कासन प्रक्रियामा मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्