Skip to content
LAXMI SUNRISE BANK

नाइमा र नाडा मिलेर जानुपर्ने बहस भईरहेका बेला अनुप बरालको भड्किलो अभिव्यक्ति- ‘हामी जेन्युन हो, नाइमा कपी हो’

अर्थ सरोकार

काठमाडौँ । विवादै विवादका बीच नाइमा अटो शो सकियो । अन्तिम दिनसम्म आयोजककै पाहुना, तिनका कर्मचारी, तिनैले सित्तैमा बोलाएका अवलोकनकर्ता र सित्तैमा प्रवेश गरेका अन्य ८० प्रतिशत अवलोकनकर्तासहित ४५ हजार हाराहारीले हेरेको नाइमा सकिएलगत्तै नाडा अटो शो सुरु हुन लागेको छ । यही बेला दुई शोको औचित्य नभएको भन्दै अव नाइमा र नाडा एक भएर जानुपर्ने छलफल चलिरहेको छ । 

नाइमा र नाडा मर्ज नभए पनि शोचाहिँ मिलेर गर्न सकिन्छ कि भन्ने विषयमा बहस सुरु भएको छ । यही बेला नाडा अटो शोका संयोजकसमेत रहेका अनुप बरालले ‘नाडा जेन्यून हो, नाइमा कपी हो’ भन्दै भड्किलो अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिले यसो सोच भएका पदाधिकारी हुँदा कसरी मिलेर जान सकिन्छ र भन्ने कोणबाट नाइमाभित्र बहस सुरु भएको छ ।

यसो त नाडाका बरालमाथि लिएको जिम्मेवारीको काम बिग्रिँदा अरुलाई दोष थोपर्ने गरेको आरोपसमेत लाग्दै आएको छ । मिडियाबीच फाटो ल्याएर त्यसमा खेल्ने आरोपसमेत लागेका उनी स्वयम् मिडिया ब्याकग्राउण्डका हुन् ।

उनले बिगारेका अनेक काम सम्हाल्न र सबैलाई मिलाएर लैजान नाडाका तत्कालीन अध्यक्ष कारण चौधरीलाई हम्मे हम्मे परेको थियो । 

चौधरीले अरुको कुरा काट्नु भन्दा आफूले शो राम्रो गर्नुपर्छ भनेपछि बरालले सार्वजनिक रुपमा यस्तो अभिव्यक्ति दिन छाडेका थिए । तर नाडा अटो शोको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू जेन्युन र नाडा कपी भएको तर्क गरेपछि नाइमाका अधिकारीहरुले चित्त दुखाएका छन् ।

अझ, बरालले त जेन्युन पार्टसको उदाहरण दिँदै नाडा ओरिजिनल र नाइमा डुब्लिकेट भएको आशय प्रकट गरेका छन् । यसले नाडा नाइमासँग कति आत्तिएको छ भन्ने कुरा देखिएको टिप्पणी नाइमाका अधिकारीहरुले गरेका छन् ।

आखिर बरालले किन यस्तो भड्किलो अभिव्यक्ति दिए त ? सुमधुर हुनुपर्ने सम्बन्ध बिगार्नेगरी उनले किन यस्तो भने त ? यस विषयमा उनको धारणा लिन खोज्दा बरालले फोन नै उठाएनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK