Skip to content
LAXMI SUNRISE BANK

यी हुन् बाढीपछि हराएका प्रभु बैंकका ४ कर्मचारी (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीमा प्रभु बैंकका कर्मचारी पनि हराएका छन् । बैंकले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै बैंकका ४ जना कर्मचारी हराएको जनाएको हो ।

बैंकले जारी गरेको सूचना अनुसार बैंकको टिमुरे शाखामा कार्यरत किशोर गौली, स्याफ्रुबेंसी शाखामा कार्यरत नवाङ तामाङ, नुरसाङ तामाङ र नेत्र प्रसाद रोकाया हराएका छन् ।

बाढीपछि उनीहरु सम्पर्कविहीन रहेको र पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको भन्दै बैंकले कसैले देखे, भेटे वा उनीहरुको अवस्थाबारे थाहा पाए खबर गर्न अनुरोध गरेको छ । 

सम्पर्कविहीन भएका कर्मचारीहरुको खोजीकार्य भइरहेको बैंकले जनाएको छ । बैंकले हेलिकप्टर पठाएर समेत हराएका कर्मचारीको खोजी भइरहेको बताएको छ । यस्तो बैंकको सूचनासहित हराएका कर्मचारीको विवरण:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK