Skip to content
LAXMI SUNRISE BANK

भदौ १३ गतेदेखिका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने भनिएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको हो । 

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरुलाई यस्तो निर्देशन दिएका छन् । 

मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरेर यस्तो निर्देशन दिएको शिक्षा मन्त्रालयले जनाएको छ । योसँगै अब भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित हुने भएका छन् । 

त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्री पोखरेलले निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK