काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ १ लाख हाल्नुपर्ने ठाउँमा सुयोग बचत तथा ऋण सहकारी संस्थाले १० लाख हालिदिएको पाइएको छ । १ लाख १ हजार १ रुपैयाँ हाल्नुपर्नेमा सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर गरेको पाइएको हो ।
सहयोग गर्न खोजेको भन्दा धेरै रकम ट्रान्सफर भएपछि बाँकी रकम फिर्ता गर्न भन्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्राचार गरेपछि सो तथ्य खुलेको हो ।
सहकारीले उक्त कार्य भुलवस भएको जनाएको छ । त्यस्तै, सहकारीले कोषमा आफूहरुले सहयोग गर्न चाहेको १ लाख १ हजार १ रुपैयाँ राखेर बाँकी रहेको ९ लाख रुपैयाँ फिर्ता गर्न पत्राचार गरेको छ ।
उक्त तथ्य बाहिरिएपछि सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पत्राचार गरेको र समितिको निर्णयपछि सहयोग गर्न चाहेको रकम बाहेकको पैसा सहकारीलाई फिर्ता हुने जानकारी प्राप्त भएको पनि जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्