काठमाडौँ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद्प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपतकालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो ।
डिसहोम इन्टरनेटको पहुँच पुगेका (त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट, मलेखु) क्षेत्रहरूमा थप निःशुल्क सेवा उपलब्ध हुने छ । डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।
कम्पनीले प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यम मार्फत सम्पर्क राख्न समेत अनुरोध समेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्