काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो ।
सो अवसरमा कम्पनीले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोगले राष्ट्रिय विपद्को सामना गर्न तथा प्रभावित परिवारलाई राहत वितरण र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्