Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाख सहयोग

अर्थ सरोकार

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भाद्र १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

भाद्र १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो ।

प्रभु बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेहरुको शीघ्र उद्धार र उपचारको कामना गरेको छ । बैंकले बाढीबाट प्रभावित समुदायप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK