Skip to content
LAXMI SUNRISE BANK

नाडाद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

अर्थ सरोकार

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा लगायतका बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

गत भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नाडाले जनाएको छ ।

नगद सहयोगसँगै नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको छ । नाडाको टोलीले प्रभावित क्षेत्रका नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्दै आएको जनाएको छ ।

नाडाले विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगका साथै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK