Skip to content
LAXMI SUNRISE BANK

सोमबार २०.४८ अंकले घट्यो नेप्से परिसूचक, बजार २५६६.७६ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५९ कम्पनीको ९० लाख ३ हजार ३८८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १०.३०% स्टाण्डर्ड चार्टर्ड बैंक डेबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK