काठमाडौँ । बेलायती विश्वविद्यालय (युनिभर्सिटी)को लाइसेन्स निलम्बनमा परेको छ । बेलायती गृह मन्त्रालयले बकिङ्घमसायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रयोजन गर्न मिल्ने लाइसेन्स (स्पोन्सर लाइसेन्स) निलम्बन गरेको हो ।
बेलायती गृह मन्त्रालयले सो विश्वविद्यालयको लाइसेन्स सेप्टेम्बर ३० मै निलम्बन गरेको हो ।
निलम्बन लागू भएपछि बेलायती सरकारले उक्त विश्वविद्यालयलाई लाइसेन्स प्राप्त प्रायोजकहरुको सूचीबाट समेत हटाएको छ । लाइसेन्स नै निलम्बनमा परेपछि बेलायतमा नेपालीसहित सयौँ विद्यार्थी समस्यामा परेका छन् ।
उक्त विश्वविद्यालयमा हाल करिब अढाइ सय नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
विश्वविद्यालयको स्पोन्सर लाइसेन्स निलम्बन भए पनि भिसा वैध रहेका विद्यार्थीले निलम्बन अवधिमा अध्ययन जारी राख्न सक्नेछन् । तर, लाइसेन्स खारेज भई विद्यार्थीको भिसा रद्द भएमा ६० दिनभित्र नयाँ शिक्षा प्रदायक तथा स्पोन्सर खोजेर नयाँ भिसाका लागि आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा नयाँ स्पोन्सर नखोजे विद्यार्थीले बेलायत छाड्नुपर्नेछ । यही चिन्ताले थप सताएको नेपाली विद्यार्थीको गुनासो छ ।
यद्यपि बेलायती गृह मन्त्रालयले आफ्नो निर्णय चित्त नबुझे स्पष्टिकरण बुझाउन २० दिनको समय दिएको छ । त्यसपश्चात् पनि निलम्बन फुकुवा हुने/नहुने ग्यारेन्टी नहुँदा विद्यार्थीमा थप चिन्ता थपिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्