Skip to content
LAXMI SUNRISE BANK

दशैँको मुखमा नागरिकको ढाड सेक्नेगरी महँगियो हवाई भाडा, धनगढी भन्दा दिल्ली जान सस्तो !

अर्थ सरोकार

काठमाडौँ । दशैँको मुखमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा ह्वात्तै बढाएका छन् । अत्याधिक यात्रु चापको बाहना देखाएर एयरलाइन्स कम्पनीहरुले आन्तरिक हवाई भाडामा अस्वभाविक वृद्धि गरेका हुन् । 

यसपालि दशैँअघि काठमाडौँदेखि धनगढीका भाडा २२ हजार १ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । यो एकतर्फी भाडा हो ।

यता काठमाडौँदेखि धनगढी जानु भन्दा काठमाडौँदेखि दिल्ली जान सस्तो पर्ने भएको छ । सोही समयमा काठमाडौँदेखि दिल्लीको हवाई भाडा १५ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । 

यसरी दशैँको मुखमा आन्तरिक हवाई उडानको भाडादर अस्वभाविक बढेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । हाल प्रतिनिधि सभा सदस्यको निर्वाचनका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले धनगढी पुगेर ‘सुदूर अब दूर नाई, झिक्कै-झिक्कै’ माया तम्लाई’ भनेको भिडियो जोडेर धेरैले व्यंग्य गरिरहेका छन् । 

अर्कोतर्फ चाडपर्वका बेला हुने हवाई भाडाको अस्वभाविक वृद्धिका विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदसहित अन्य दलका सांसद, नागरिक अगुवा, अभियान्ताहरुले समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK