काठमाडौँ । दशैँका बेला जुनसुकै ब्राण्डको ग्यास अर्को जुनसुकै ब्राण्डको ग्यास सिलिन्डरसँग साट्न मिल्ने व्यवस्था गर्ने तयारी गरिएको छ । ग्यास उद्योगहरुले चाडपर्वका बेला उपभोक्तालाई ग्यास सहज गराउन जुनसुकै ग्याससँग अर्को जुनसुकै ग्यास साट्न मिल्ने व्यवस्था गर्ने तयारी गरेका हुन् ।
बजारमा ग्यास हुँदाहुँदै पनि ग्यास नपाउने अवस्थाको अन्त्य गर्न नेपाल आयल निगम, ग्यास उद्योगी, बिक्रेता र सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था मिलाउन लागिएको हो ।
यद्यपि उक्त व्यवस्था लागू गरिएको हालसम्म कुनै औपचारिक घोषणा भने गरिएको छैन । यो व्यवस्था लागू भए उपभोक्ताले आफूलाई पायक पर्ने ठाउँबाट जुनसुकै ब्राण्डका सिलिन्डरसँग अर्को जुनसुकै ब्राण्डको ग्यास साट्न पाउनेछन् ।
फरक ब्राण्डको ग्याससँग सिलिन्डर साट्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । यसअघि फरक ब्राण्डको सिलिन्डर साट्दा अतिरिक्त ४ सयदेखि ७ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्ने बाध्यता थियो ।
यता काठमाडौँका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर स्थापना गरेर सो सुविधा दिन लागिएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्