काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति ४० खर्ब नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ भदौ मसान्तसम्मको अन्तरिम वासलात विवरण अनुसार राष्ट्र बैंकको कुल सम्पत्ति ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ नाघेको छ ।
यसअघि गत आर्थिक वर्षको अन्त्यसम्म राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकको विवरण अनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा विदेशी मुद्राको हिस्सा सबैभन्दा ठूलो छ । भदौ मसान्तसम्म राष्ट्र बैंकमा विदेशी मुद्रा सम्पत्ति ३८ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
त्यसमा वैदेशिक प्रतिभूतिमा लगानी २७ खर्ब ४३ अर्ब ३३ करोड, विदेशी बैंकमा मुद्दती निक्षेप ६ खर्ब ३९ अर्ब ७४ करोड, गोल्ड सर्टिफिकेट्समा लगानी २ अर्ब ५३ अर्ब ९७ करोड, नगद तथा बैंक मौज्दात २ खर्ब ४४ अर्ब ३० करोड र आईएमएफ सम्बन्धी सम्पत्ति १८ अर्ब ४४ करोड रहेको छ ।
भदौ मसान्तसम्ममा राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब २९ करोड रहेको छ । यस अन्तर्गत मुख्य रूपमा सुन तथा चाँदी सम्पत्ति ९१ अर्ब ६७ करोड, सरकारी ऋणपत्रमा लगानी ११ अर्ब ६४ करोड, तथा डिबेन्चर र मुद्दती निक्षेपमा लगानी १२ अर्ब ४० करोड रहेको छ । त्यस्तै, दायित्वतर्फ विदेशी मुद्रा दायित्व ५२ अर्ब ३४ करोड रहेको छ भने स्थानीय मुद्रा दायित्व २८ खर्ब ७६ अर्ब ५२ करोड पुगेको छ ।
स्थानीय मुद्रा दायित्व अन्तर्गत बैंक तथा वित्तीय संस्थासँगको दायित्व १३ खर्ब ६५ अर्ब १० करोड, चलनचल्तीमा रहेको नोट तथा मुद्रा ७ खर्ब ९४ अर्ब, बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ खर्ब ४६ अर्ब ७ करोड र नेपाल सरकारको निक्षेप ३ खर्ब १ अर्ब २० करोड रहेको छ । नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रहेको छ । त्यसैगरी बैंकको जगेडा कोषमा अघिल्लो असार मसान्तको १० खर्ब ८५ अर्ब ७३ करोडबाट वृद्धि भई भदौ मसान्तमा ११ खर्ब १० अर्ब २० करोड पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्