काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)मा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ । लामो समयको अनुसन्धानबाट सीआईबीले यस्तो निष्कर्ष निकालेको हो ।
सीआईबीले एन्फामा ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
उक्त प्रतिवेदनमा सीआईबीले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
अर्कोतर्फ सीआईबीले एन्फामा खेल मिलेमतो भएको समेत निष्कर्ष निकालेको छ । सो विषयमा समेत उल्लेख गरेर तयार गरेको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढ्ने सीआईबीका एक अधिकारीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्