Skip to content
LAXMI SUNRISE BANK

गाडी खरिदमा शिक्षकलाई ब्याज सहुलियत दिने सरकारको तयारी !

अर्थ सरोकार

काठमाडौँ । सरकारले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था गर्न लागेको छ । शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ मार्फत सरकारले शिक्षकलाई सवारी साधन खरिद गर्दा ब्याज सहुलियत दिने व्यवस्था लागेको हो ।

सो नियमावली सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । 

उक्त नियमावलीमा प्रस्ताव गरिएको व्यवस्था अनुसार ब्याज सहुलियतको सुविधा लिन माध्यामिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँ र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्नुपर्नेछ । 

तृतीय श्रेणी, निम्नमाध्यामिक र प्राथमिक सबै श्रेणीका शिक्षकलाई भने ४ लाख रुपैयाँसम्मको दुई पाङ्ग्रे सवारी साधन खरिदमा ब्याज सहुलियतको सुविधा दिइने उक्त नियमावलीमा प्रस्ताव गरिएको छ । 

प्रस्तावित व्यवस्था अनुसार सवारी साधन खरिदमा बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्म किस्तागत ब्याज सरकारले सहुलियतरुपमा व्यहोर्नेछ । बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK