×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थलको कार्गोबाट ल्यापटप चोर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

PRIME CA

विमानस्थलको कार्गोबाट ल्यापटप चोर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई उक्त आरोपमा पक्राउ गरेको हो । 
कार्गोमा विदेशबाट आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए । यता प्रहरीकोअनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते २० वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको हो । यस्तै ८ थान ल्यापटप बरामद गरिएको छ । 
अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: