Skip to content
LAXMI SUNRISE BANK

क्रिकेट हेर्न र रमाउन देशभरका ९ सहरमा एक्सट्रीमका १० ‘फ्यान जोन’, प्रवेश निःशुल्क

अर्थ सरोकार

काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिङ्कसले विभिन्न सहरमा नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण (लाइभ) देखाउने भएको छ । आज (कात्तिक ९ गते) देखि सुरु हुने एनपीएल सिजन–३ का खेलहरु एक्सट्रिमले लाइभ देखाउने भएको हो ।

एनपीएलको रौनक रंगशालामा मात्र सीमित नराखेर गाउँ सहरसम्मै पुर्याउने उद्धेश्यले एनपीएलको लाइभ देखाउने तयारी गरिएको एक्सट्रिमले जनाएको छ ।

एक्सट्रिमका अनुसार एनपीएल देशभरका ९ सहरका १० फ्यान जोनमा ठूलो स्क्रिनमा लाइभ देखाइनेछ ।

काठमाडौँको सिफल ग्राउन्ड, कीर्तिपुर माइक्रो स्ट्यान्ड र टियू मैदानको गेट नम्बर २ अगाडी विपरीत, विराटनगरको पुरानो गुद्री मैदान, पोखराको मालेपाटन चौर, चितवनको विरेन्द्र क्याम्पस (डिग्री कलेज कम्पाउन्ड), धनगढीमा कभर्ड हल नजिक, सुर्खेतमा घण्टाघर, बुटवलमा सिद्धेश्वरी मैदान र जनकपुरमा १२ बिघा मैदानमा एनपीएल देखाइने एक्सट्रिमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK