Skip to content
LAXMI SUNRISE BANK

सकियो दशैँ बिदा, ९ दिनपछि खुल्दै सेयर बजार, के होला ?

अर्थ सरोकार

काठमाडौँ । नेपालीहरुको महान् चाड दशैँको बिदा आज (कात्तिक ९ गते) देखि सकिएको छ । आइतबार कोजाग्रत पूर्णिमा मनाइएसँगै दशैँको समापन भएको छ भने दशैँ बिदा पनि सकिएको छ ।

बिदा सकिएसँगै आज (सोमबार) देखि देशभरका सरकारी कार्यालय, विद्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्दैछन् । विभिन्न कार्यालयहरुसँगै सोमबारदेखि सेयर बजार पनि खुल्दैछ ।

९ दिनपछि खुल्न लागेको सेयर बजार के होला ? भन्ने चासो धेरै लगानीकर्तामा छ । यसो त दशैँ बिदाअघि असोज ३० गते सेयर बजार मापक नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेर बन्द भएको थियो ।

यता सेयर बजार विश्लेषकहरुले दशैँ बिदापछि सेयर बजारले राम्रो लय लिने दाबी गरेका छन् । यद्यपि तिहार तथा छठ नसकिँदासम्म बजारमा ‘फेस्टिभ इफेक्ट’ रहने भएकाले अपेक्षित सुधार वा बढोत्तरी देखिने सम्भावना कम भएको विश्लेषकहरुको भनाई छ ।

तर, दशैँ बिदापछिको कारोबारले बजारले तय गर्ने आगामी यात्राको निर्क्यौल गर्ने विश्लेषकहरुले बताएका छन् । नीतिगत रुपमा सबै क्षेत्रबाट सपोर्ट मिलिरहेको बजारमा लगानीकर्ताको मनोबल बढे बजारले बुल यात्रा तय गर्ने सेयर विश्लेषकहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK